चितवनका कांग्रेस कार्यकर्ताको भविश्य पार्टीले हेर्छ, चिन्ता लिनु पर्दैनः भण्डारी
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १८:३६:३९
२१ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताको राजनीतिक भविष्यबारे पार्टीले सोचिरहेको बताएका छन् । उनले निश्चिन्त भएर चितवनका कांग्रेस कार्यकर्तालाई गठबन्धनका उम्मेदवारको पक्षमा लाग्न आग्रह गरेका छन् ।
चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका हुन् ।
भण्डारीले गठबन्धनप्रति कांग्रेस पूर्ण जवाफदेही र जिम्मेवार रहेकाले गठबन्धनको निर्णयमा पालन गर्न र यसको खिलापमा नजान कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘पार्टीका साथीहरुको योगदान, लगानी, क्षमताको मूल्यांकन भोलिका दिनमा पार्टीले गर्ने नै छ । यो गठबन्धनका कारणले पार्टीका साथीहरुको राजनीतिक लगानी र भविष्यबारे कुनै पनि साथीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन ।’
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् । गठबन्धन गर्दा मेयर माओवादीलाई दिएका भन्दै यहाँका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार