दुर्गम क्षत्रकाे स्वास्थ्य चौकीलाई सहयोग
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १८:५१:२८
२१ वैशाख, म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीलाई रु चौध लाखभन्दा बढी मूल्य बराबरको औषधि र उपकरण प्राप्त भएको छ ।
दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई रु चौध लाख ८४ हजार ४०० मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको हो । संस्थाका प्रतिनिधि लिमजङ हि र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका थिए।
यसैगरी संस्थाले मगलबार वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकमा स्वासप्रश्वास र निमोनियासम्बन्धी समस्या धेरै देखिएकाले सोबाट बच्ने उपाय र उपाचारका विषयमा जानकारी गराएको चिकित्सक छन्त्यालले बताए ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालले बताए । सडक यातायातको सुविधा नपुगेको गुर्जा पुग्न छिमेकी वडा लुलाङबाटै पूरै एक दिन हिँड्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार