दलहरुले पैसा र गुण्डाको प्रयोगलाई नियन्त्रण नगरे निर्वाचन प्रभावित हुने खतरा छः प्रमुख आयुक्त
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १९:३७:१२
२१ वैशाख, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा दलहरुले ‘मनी’ र ‘मसल’ प्रयोग गर्दा निर्वाचन प्रभावित हुने खतरा बढेको बताएका छन् ।
उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तत्वहरु अहिले हाबी हँदै गइरहेकाले यसप्रति दल र मतदाता सचेत हुनुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गरेका हुन् । थपलियाले भने,‘मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।’
उनले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको धारणा राखे । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई उनले चेतावनी दिए ।
थपलियाले पैशा र गुण्डा परिचालन सम्बन्धी विषयलाई सञ्चारमाध्यमले पनि प्राथमिकता दिन नहुने भन्दै आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी यस्ता विषय नलेख्न पनि आग्रह गरे ।
उनले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिदै भने, ‘दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ ।’
सामुदायिक रेडियो प्रसारक संघ स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताए । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उनले एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार