यसरी गर्दैछ कांग्रेसले देशका १० शहरमा चुनावी सभाको आयोजना
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १९:५२:१५
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ ।
नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा तय भएको बताएका छन् ।
वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्दैछन् ।
वैशाख २२ गते चितवनको भरतपुरमा चुनावी सभा आयोजना हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।
वैशाख २३ गते काठमाडौँमा चुनावी सभाको आयोजना गरिनेछ । उक्त सभामा सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका अनुसार वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवलमा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापासहितका वक्ताले सम्बोधन गर्नेछन् । वैशाख २४ गते दिउँसो १२ः३० बजे तनहँुको दमौलीमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरधामको चुनावी सभामा सभापति देउवा, नेता पौडेलसँगै सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महेन्द्र यादवसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।
वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायतले सम्बोधन गर्नेछन् भने वैशाख २५ गते दिउँसो २ बजे दाङको तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्ने तालिका बनाइएको छ ।
वैशाख २६ गते कैलालीको धनगढीमा आयोजना हुने कार्यक्रमलाई सभापति देउवा, नेता पौडेल तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले सम्बोधन गर्नेछन् भने वैशाख २७ गते डडेल्धुरामा चुनावी सभाको आयोजना गरिने छ । सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार