हावाहुरीबाट पाँच करोडको केरा खेती नष्ट
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १९:५९:१५
२१ वैशाख, बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो ।
पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरकोपाँच करोड भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।
उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए ।
तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यमा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए ।
उखुबाट पीडित अधिकाशं किसानहरूले केरा लगाएको, तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केरा खेतमा ठुलो क्षति भएकोले राज्यले किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार