कांग्रेसले उम्मेदवारी कायम राखेपछि पालुङटारमा बाबुरामलाई धक्का
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार २०:१५:५०
२१ बैशाख, गोरखा । नेपाली कांग्रेसले गोरखाको पालुङटारमा चुनावी तालमेल नगर्ने भएपछि सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) अप्ठ्यारोमा परेको छ ।
जपिाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा चुनावी तालमेल नगर्ने कांग्रेसको पत्रपछि गृहनगरमै बाबुराम भट्टराईलाई धक्का लागेको छ ।
कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै पालुङटारमा कांग्रेस एक्दै स्थानीय तह निर्वाचन लड्ने भन्दै तयारी गर्न नगर समितिलाई परिपत्र गरेका छन् ।
चुनावी तालमेलका लागि पटक–पटक छलफल गर्दा पनि यहाँ तालमेल सम्भव नभएपछि दलहरूले आ–आफ्ना उमेदवार उठाएका थिए । केन्द्रले भने चुनावी तालमेल गर्न दबाब दिएको थियो ।
डा. भट्टराईले आफ्नो गृहनगरमा नगर प्रमुख पद नछाड्ने अडान लिएपछि तालमेल सम्भव नभएको कांग्रेस नेताहरू बताउँछन् । भट्टराईले विश्वासपात्र प्रेम गुरूङलाई नगर प्रमुखको टिकट दिएका छन् ।
तालमेल सम्भवन नभएपछि जिल्लामा केन्द्रीय गठबन्धनमा आबद्ध दलहरू मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका थिए । सोहीबमोजिम उनीहरूले मनोनयपत्र दर्ता पनि गराए ।
तर, भट्टराईको दबाबमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको उमेदवारी फिर्ता लिने प्रयास गरेका थिए । देउवाले गएको शुक्रबार पार्टीबाट नगर प्रमुखका उमेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता लिएको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाए । तर, ढिला गरी पत्र पुगेको भन्दै उनको उमेदवारी कार्यालयले कायमै राख्यो ।
त्यसपछि केन्द्रको निर्देशन नमान्ने भन्दै कांग्रेसबाट नगर प्रमुखका उमेदवार कँडेलले विज्ञप्ति निकालेका थिए । यसैबीच, आज पार्टीका जिल्ला सभापति न्यौपानेले परिपत्र जारी गर्र्दै पार्टीका तर्फबाट उमेदवार बनेका प्रमुख, उपप्रमुख, वडाका सबै अध्यक्ष तथा सदस्यहरू निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार