नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार २२:३४:१२
२१ वैशाख, काठमाडौं । ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५।५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले ।
आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारी गरेका थिए । कुशल ३४ रनमा आउट भए । उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए ।
जिम्बाब्बे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो ।
जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए ।
कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।
आइतबारदेखि सुरु भएका टी-२० सिरिजमा नेपालले पहिलो खेल जिम्बाब्बे ए सँग ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बाब्बे ए सँग अंक बाँडेको थियो ।
तीन खेलको शृंखलामा बुधबारको खेल नेपालले जितेपछि दुवै टोलीको तीन तीन अंक भएसँगै शृंखला बराबरी भएको हो । जिम्बाब्बे ए सँगको एकदिवसिय शृंखला शुक्रबारदेखि सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार