न योजना न स्रोत पहिचान, घोषणा पत्रको ‘लैबरी गाउँदै’ जलेश्वरका दल
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार १:१९:३१
२१ वैशाख, महोत्तरी । जलेश्वर नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकसाथ मंगलवार घोषणापत्र जारी गरे । तामझामसाथ घोषणापत्र सार्वजनिक गरे पनि नयाँ कार्यक्रम र योजना भने केही छैनन् ।
सर्वसाधारणको हातहातमा वितरण गरिको दलहरूको घोषणा पत्रमा जलेश्वरलाई समृद्ध बनाउने एउटै योजना नभएको टिप्पणी सुरु भएको छ । घोषणा पत्रमा सिर्फ भोट तान्ने क्षणिक आश्वासन मात्रै रहेको सर्वसाधारणको भनाइ छ ।
नेपाली कांग्रेसले घोषणा पत्रमा भ्रष्टाचारमा शून्य सहनसिलता, कर न्यूनिकरण, भत्ता वितरणमा सहजिकरण, शिक्षा, स्वास्थ्यमा गुणस्तरीय परिवर्तन जस्ता बिषयमा उल्लेख गरेको छ । तर यी घोषणालाई कसरी पूरा गर्ने भनेर कहीँ कतै उल्लेख नहुँदा सर्वसाधारणले उम्मेदवारको क्षमता र कांग्रेसको नीतिप्रति नै प्रश्न गरेका छन् ।
आफ्नै रेडियो स्थापना गरी सूचना सम्प्रेषण गर्ने मुद्दाले त प्रेस स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्न खोजेको हो की भनेर संचारकर्मीहरू समेत सशंकित भएका छन् ।
सरकारी स्वामित्वमा मिडिया हुँदा समेत प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने चर्चा भइरहेको बेला एउटा अमुक दलको मिडिया सञ्चालन गर्ने घोषणाले शंका उब्जाएको उनीहरूको भनाइ छ ।
जलेश्वरमा बसपार्क निर्माण, आधुनिक कारागार, पार्कहरूको व्यवस्थापन, मन्दिरहरूको सौन्दर्यकरण, बाढीमुक्त नगर बनाउने जस्ता घोषणापत्रमा उल्लेख भए पनि नगरपालिकाको आन्तरिक स्रोत के कसरी परिचालन गर्ने भन्ने विषयमा घोषणापत्रमा स्पष्ट उल्लेख छैन ।
वालविकास केन्द्रका सिक्षकहरूलाई मासिक १५ हजार उपलब्ध गराउने, कम्प्युटर तथा प्राविधिक शिक्षामा लगानी गर्ने, सामुदायिक बिजुली मिटरको बिल नगरपालिकाले तिर्ने, किसानलाई अनुदान दिनेजस्ता खर्च देखिए पनि आन्तरिक स्रोतको बिषयमा उल्लेख नगर्नुले कार्यान्वयनमाथि नै शंका गर्ने प्रसस्त आधार छन् । जलेश्वर नगरपालिकाको नगरप्रमुखमा सम्भुनारायण पाठक चुनावी मैदानमा छन् ।
माओवादी केन्द्रको घोषणापत्र पनि कांग्रेस जस्तै छ । अझ माओवादी केन्द्रले त घोषणापत्रमा ३० देखि ४० प्रतिशतसम्म भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई निराकरण नै दाबी गरेको छ ।
समुदायलाई पढाइप्रति आकर्षित गर्न सामुदायिक विद्यालयमा ए ग्रेड ल्याउने विद्यार्थीलाई ५१ हजार पुरुस्कार दिने घोषणा गरिएको छ । सामुदायिक विद्यालयहरूको गुणस्तरमा लागि पर्नुको सट्टा एकैपल्ट पुरस्कार घोषणा गर्नुलाई सर्वसाधारणले हास उठ्दो भएको बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा पनि माओवादी केन्द्रले लोकप्रिय योजनाहरू सार्वजनिक गरेको छ । वृद्धवृद्धा, बालबालिकाको निःशुल्क उपचारदेखि स्वास्थ्यकर्मीलाई साइकल व्यवस्थापन गर्ने घोषणा गरिएको छ ।
कांग्रेसकै जस्तो माओवादीमा पनि आन्तरिक स्रोत वृद्धि गर्ने विषयमा कुनै योजना छैन । कृषिमा आधुनिकीकरण, सिंचाइमा विधुतीकरण जस्ता विषय प्रत्येक निर्वाचनमा दोहोरिन्छन् ।
मंगलवार नै वर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हाद क्षेत्रीले घोषणापत्र सार्वजनिक गरेका छन् । उनको घोषणा पत्रमा पनि माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गरिने उल्लेख छ । घोषणा पत्रको १ नम्बर बुँदामा रहेको यो विषयले स्वतन्त्र उम्मेदवार कतिको अध्यनसील छन् भन्ने स्पष्ट देखाउँछ । सरकारले अहिलेनै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिसकेको छ ।
नगरलाई धँुवा, धँुलोबाट मुक्त गर्ने, विधुतीय बसको अवधारणा समेत अघि सारिएको छ । नगरलाई हराभरा बनाउन भूमिका खेलिने घोषणा पत्रमा उल्लेख छ । थुप्रै योजना अगाडि सारे पनि घोषणापत्रमा आन्तरिक स्रोत व्यवस्थापनको खासै ख्याल गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार