विराटनगरमा कांग्रेस नेताहरुको एउटै स्वर,‘ प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन’
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार १:४९:०
२१ वैशाख, विराटनगर । नेपाली कांग्रेसले विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्र रक्षाका लागि विपरित धुब्रका दलहरुसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।
उनीहरुले स्थानीय तह गरिएको चुनावी तालमेल सही रुपले कार्यन्वयमा नलगे यसले आउने प्रदेश र संघीय निर्वाचनमा असर पुर्याउने बताए ।
सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको बताउँदै गठबन्धनमा कुनै किसिमका शंका पैदा हुने काम कसैलाई नगर्न आग्रह गरे । उनले कांग्रेस पार्टी धोका खान्छ तर कसैलाई धोखा दिँदैन भन्ने विश्वास नतोड्न आग्रह गरे ।
विराटनगरस्थित विराटराजाको दरबार क्षेत्रको संरक्षण र संवद्र्धनका लागि सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए । स्थानीय तहको क्षमता विकास भएपछि अधिकारसम्पन्न बनाएर स्थानीय सरकारको प्रत्याभूति गराउने उनले बताए । देउवाले स्थानीय सरकार भएपछि सिंहदरबारको अधिकार जनताको घरदैलोमा आउने छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले भएको गठबन्धन नयाँ नभएको बताए । उनले मुलुकमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु भएको भन्दै संविधानको रक्षा, गरिबलाई आय र निमुखालाई न्याय दिन अहिलेको गठबन्धन भएको बताए । कुनै दुविधामा नरही देश विकासको लक्ष्य पूरा गर्न गठबन्धनलाई सघाउन पौडेलले सबैलाई आग्रह गरे ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको अनुहार बदल्न र राष्ट्र निर्माणका लागि युवा पुस्तालगायतका सबैलाई चुनावी अभियानमा उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन् ।
उनले राष्ट्रियता बाध्यताको जगमा उभिएर स्थानीय तहमा चुनावी तालमेल भएको बताए । तालमेल गरेर कांग्रेसले ६२४ स्थानीय तहको प्रमुख र अध्यक्षमा उम्मेदवार उठाएर पहिलो पार्टी बन्ने प्रयास गरेको शर्माले बताए ।
नेता शेखर कोइरालाले स्थानीय तहको चुनावले सत्ता गठबन्धनलाई अहित नगर्ने तर कही चुक्यौं भने आउँदो प्रदेश र प्रतिनिधिसभाको चुनावमा असर गर्ने बताए ।
उनले राजनीतिको राजधानी, बौद्धिक र औद्योगिक नगरीको विरासत विराटनगरमा फर्काउने गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
कोइरालाले विराटनगरमा चक्रपथ निर्माण, बाढी नियन्त्रण, सुकुम्बासी समस्या समाधान, अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिलगायतका काम संघीय सरकारले गर्नुपर्ने बताउँदै विराटनगर महानगरलाई सुन्दर विराटनगरको विकास गर्न संकल्प लिने दावी गरे ।
नेता मिनेन्द्र रिजालले अब मुलुकलाई मधेस, वामपन्थी र लोकतान्त्रिक आन्दोलनको आधारमा डो¥याउनु आवश्यक भएको बताए । मधेसवादी दलले सधैं लडाइँ झगडा गरेर नहुने भएकाले आन्दोलनले दिएको एजेन्डाका साथ मिलेर अघि बढ्नुपने उनको भनाई छ ।
एमालेमा जनताको बहुदलीय जनवाद अवरुद्ध भएकोले त्यसमा गति दिनु पर्ने र अहिलेको अवस्थामा पनि सशस्त्र आन्दोलनले केही नहुने भएकाले सबैले मिलेर देश निर्माणमा अघि बढ्नु ।िजालले बताए ।
नेता महेश आचार्यले आउँदो बजेटमा डुबानमुक्त विराटनगरका लागि पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलिया खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार