लमजुङमा नमुना मतदान : ३० जना सहभागी, सात मत बदर
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार २:१:४९
२१ वैशाख, लमजुङ । लमजुङमा बदर मत कम गर्ने उदेश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मंसिर ३० गते हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधबार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम बेशिसहरको फूलबारीमा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा बुधबार बिहानैदेखि घुइँचो लागेको थियो ।
विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनले भनिन् ‘गाउँगाउँमा उम्मेदवारले नै मतदाता शिक्षाबारे जानकारी गराउनुपर्नेछ ।’
नमुना मतदानमा ३० जना सहभागी भए । जसमा ७ मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भयो । खसेको ३० मतमा २५ प्रतिशत मत बदर भएको थियो ।
बेशिसहरको फूलबारीमा गरिएको नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबृद्धाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो ।
अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
नमुना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य ,सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
अहिले मतदाता शिक्षा अभाव भयो राजनीतिक दलका उम्मेदवारले मत माग्न जाँदा मतदाता शिक्षाबारे जानकारी गराउनुपर्ने जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको भनाई छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा १ हजार ९ पूर्ण मत बदर भएको थियो । लमजुङमा मतदाताको संख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार