चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार २:४६:७
२१ वैशाख, चितवन । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् । निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी निजी गाडी चढेका हुन् ।
देउवाविरुद्ध आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ । बहालवाला प्रधानमन्त्री कुनै दलका उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सम्पत्तिको प्रयोग गरेर आउन लागेको भन्दै अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन् ।
पाँच दलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार