कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार २:५४:३३
२१ वैशाख, सुर्खेत । कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।
माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडक भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी कांग्रेसका कुशे-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ ।
स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार