छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार ३:७:३८
२१ वैशाख, दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रको गाउँहरु छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् ।
सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् ।
नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दाहरु भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन् । भारतले त्यस क्षेत्र सम्म पुग्नका लागि सडक पुगाएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिड्न सक्ने बाटो समेत छैन ।
त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो । तर भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ ।
हाल व्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकरका बासिन्दा कुञ्चा सरिरहेका छन् । हिउँदमा छ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मी मौसममा छ महिना गाउँमा बस्ने त्यस क्षेत्रका नागरिकहरु आफ्नो गाउँघर पुग्न भारतको भरमा छन् ।
भारती प्रशासनबाट अनुमति लिएका छाङरु र तिंकरका शौका समुदाय भारतीय बाटो भएर थाकथलो गइरहेका छन् । घरपालुवा जनावर चौरीगाई झुपु, बाख्रा र खाद्यान्न बोकेर स्थानीहरु कुञ्चा सरिरहेको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोक सिह बोहराले बताए । स्थानीय तह निर्वाचनका लागि २५र२६ गतेभित्र सबै नागरिकहरु गाउँ जाने तयारीमा रहेको बोहराले बताए।
स्थानीय मात्रै नभएर त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरु समेत भारतसंग अनुमति लिएर जाने गरेका छन् । गर्मी मौषम सुरु भए सँगै छाङरु र तिंकरका ४ सय १६ जनाले भारतीय प्रशासन संग बहुयात्रा अनुमति पत्र लिनका लागि सीमा प्रशासन कार्यालय दार्चुलाबाट सिफारिस लिएका छन् ।
त्यसैगरि ७८ जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी, जिल्ला भित्रका २ सय ५७ र जिल्ला बाहिरका ४३ जनागरि ७ सय ९६ जनाले बहुयात्रा अनुमतिका लागि सिफारिस लिएको सीमा प्रशासन कार्यालय दार्चुलाका प्रमुख मोहन सिंह धामीले बताए ।
सीमा प्रशासन कार्यालयको सिफारिस लिएर भारतको धार्चुला प्रशासनमा पुग्नेहरुले ४/५ दिनमा यात्राका लागि अनुमति पाइरहेका छन् । पछिल्लो समय राष्ट्रिय जनगणना भइरहेका बेला छाङरु र तिंकर जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक लगाइएको थियो ।
यस पटक भने भारतीय प्रशासनले यात्राका लागि अनुमति दिइरहेको कार्यालय प्रमुख धामीले बताए ।
भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर माथी रहेको छियालेकबाट नोटिफाइड क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्ने जोसुकैले पनि भारतको धार्चुला तहशिलबाट अनुमति लिनुपर्ने हुन्छ ।
त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरु भने परिचय पत्रका आधारमा पनि प्रवेश पाउँछन् । नेपालको छाङरु गाउँ प्रवेश गर्ने सितापुल छियोकबाट करिब ४ किलोमिटर माथी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार