पाँच दलीय गठबन्धनको केन्द्रीयतामा स्वार्थ देखिनु दुर्भाग्यपूर्ण होः डा. भट्टराई
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १४:१०:३
२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थ पुरा गर्ने माध्यम बन्नु गलत भएको बताएका छन् ।
उनले समग्र राष्ट्रिय हित र राजनीतिक निकासलाई मुल मार्ग बनाएर अगाडी बढ्नुपर्नेमा नेताको स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन अगाडी गएको देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
समाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले गठबन्धनले नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का निजि स्वार्थप्रति मात्रै काम गरिहेको संकेत गरेका छन् ।
उनले गठबन्धनमा रहेका दलभित्रै पनि ठूलो र सानो भन्ने अहम कायमै रहेकोप्रति पनि चिन्ता देखाएका छन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।
’सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता–कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं१कुनै आकाश खस्दैन,’ उनले ट्वीट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार