विपन्न मतदाताको गुनासो, ‘के हामी भोट बैंक मात्र हौँ ? ’
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १४:२२:२९
२३ वैशाख, सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् ।
सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’
भेरी नगरपालिका–११ कटीगाउँका १ सय ५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्न स्थानीय भारतसहित अन्य मुलुकमा रोजगारीमा जान्छन् । धेरै परिवार विस्थापितसमेत भइसकेका छन् ।
निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए ।
‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भने, ‘भोटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्।’ यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।
उनले वर्षौंदेखि राजनीतिकले सपना बाँडिरहेको बताए । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए ।
गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन–चार वर्ष देखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।
हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने राजनीतक दलले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ ।
यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले बताए । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’
उनका अनुसार जिल्ला भरिका २ हजार भन्दा बढी परिवार जिल्ला बाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका–३ का गंगराम नेपालीले बताए । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार