तीस वर्ष कम्युनिस्टहरुले भ्रष्टाचार मात्रै गरे, म नागरिकलाई स्थानीय सरकारको महसुस गराउने गरी काम गर्छुः मानन्धर
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १६:५२:५०
२३, वैशाख, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार इश्वर मानन्धरले नगरवासीले आफुलाई जिताए नागरिकले स्थानीय सरकारको महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।
नेपालबहससँगको कुराकानीमा मानन्धरले भीमेश्वर नगरपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचार रहीत नगरपालिका बनाउन, अनियमितता हटाउन र नागरिकमैत्री स्थानीय सरकार बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले भीमेश्वर नगरपालिका झन्डै ३० वर्ष कम्युनिस्टहरुको कब्जामा रहेको उल्लेख गर्दै उनीहरुले जनताका जल्दाबल्दा समस्याको सम्बोधन गर्नेभन्दा पनि आफन्त र कार्यकर्ताको हितमा काम गर्न मात्रै अग्रसरता देखाएको दावी गरे ।
भीमेश्वरमा कांग्रेसको नेतृत्वमा सत्तासिन गठबन्धन एकजुट भएर लागेको र आफ्नो विजय निश्चित भएको बताए । गठबन्धनमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी समाजवादी एकढिक्का भएको उनको भनाई छ ।
मानन्धरले भने,‘सुशासन कायम गर्न र भ्रष्टाचार निर्मूल गर्न मेरो काम हो । यसबाहेक पर्यटन र कृषिमा आधारित रहेर जनताका जन्दाबल्दा समस्याहरु समाधान गर्ने मेरो उदेश्य छ । दोखलाको भीमेश्वर नगरपालिका पर्यटकीय दृष्टिकोण महत्वपूर्ण मानिन्छ । त्यसैगरी धार्मिक, सांस्कृति र पुरातात्विक दृष्टिले पनि त्यत्तिकै महत्वपूर्ण छ ।’
उनले युवाहरुलाई रोजगारीको सम्भावना पर्यटन क्षेत्रमा भएको र कृषिमा मात्रै आधारित रहेर ती युवाहरुलाई थेग्न नसकिने बताए । मानन्धरले उनीहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता रहेको र आफुले कामको आवश्यकता अनुसार सीप भएका व्यक्तिले उचित पारिश्रमिक पाउँने गरी नीति ल्याउने बताए ।
विकासको नाममा आएको पैसा चुनावका बेला आफ्ना कार्यकर्ता र आसेपासेलाई बड्ने गरिएको भउन्ले उनले देखाउन र झुक्याउनका लागि बाटो खनेजस्तो गरिएको तर, त्यसलाई पीच गर्ने, स्तरोन्ती गर्ने काम नगरिएको बताए ।
मानन्धरले भने,‘कम्युनिस्टहरुले कामभन्दा बढी हल्ला गर्दै आए । विगत ३० वर्षदेखि नै भीमेश्वर नगरपालिकामा कम्युनिस्टहरुकै राज चल्दै आयो । योबीचमा जति पनि विकास निर्माणका योजना, आयोजनहरु आए त्यसमा उनीहरुले जहिले पनि आफ्ना नातागोता, आसेपासे र कार्यकर्ता मात्रै पोस्ने काम गरे । सोझा, निमुखा र आवाजबिहीन जनताका काम पटक्कै भएनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार