गठबन्धनका उपमेयर उम्मेदवार इम्तियाजको बीरगन्जमा चुनावी घरदैलोमा तिब्रता
आबिद हुसेन
बैशाख २३, २०७९ शुक्रबार १७:३७:३९
२३ बैशाख, बीरगन्ज । गठबन्धनका तर्फबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदका उम्मेदवार इम्तियाज आलमले चुनाव नजिकिएसँगै घरदैलोलाई तिब्र बनाएका छन् । उनले बिहीबार एकैसाथ बीरगन्ज महानगरपालिकाको वडा नं. १३ र १७ मा घरदैलो ।
महानगरका उपमेयरका साझा उम्मेदवार आलमले वार्ड नं १३ मा सो वार्डका अध्यक्षका नेपाली कांग्रेसका उम्मेदार शेख रुस्तम्का साथै जिल्लाका पूर्व सभापति अजय द्विवेदी, पूर्व सचिव श्याम पटेल लगायतका नेताकार्यकर्ताका घरदैलौ गरेका हुन् ।
हजारौंको सङ्ख्यामा वार्डका लगभग सबै टोलमा घरदैलो गर्दै सम्पूर्ण वार्डवासी समक्ष आफूलाई मत दिई विजयी बनाउन आलमले आग्रह गरे । सक्रिय विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति जीवनको सुरुवात गरेका आलम विगत ३ दशकदेखि पार्टीको हितका निम्ति अहोरात्र खटेर आफ्नो जिम्मेवारी निभाउने मध्येका एक हुन् । बीरगन्जबासीले अमूल्य मत दिई अत्याधिक मतका साथ विजयी बनाउनेमा आफु आश्वस्त रहेको आलमले स्पष्ट पारे ।
त्यस्तै, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबाट बीरगन्ज महानगरपालिकाका संयुक्त गठबन्धनका मेयरका उमेदवार राजेशमान सिंहसँगसँगै उपमेयरका उमेदवार आलमले बिहीबार नै अलौ वार्ड नं १७ मा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार