आश्वासन मात्रै दिने उम्मेदवारले मुटु दह्रो बनाएर आउनूः गिरीघाटवासी
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १८:४:३३
२३ वैशाख, सुर्खेत । स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई तीव्र पारिरहेको बेला बरहताल गाउँपालिका २ गिरीघाटवासीलाई भने निर्वाचनको रौनकले छोएको छैन । उनीहरूलाई निर्वाचन आउनुभन्दा नआएकै बेस लाग्छ । २०७१ गएकोे बाढीले घरबारविहीन भएको नौ वर्ष बित्यो । अहिले पनि अभावै अभावमा गुजरा चलाइरहेका उनीहरूलाई नेताको आश्वासनप्रति विश्वास लाग्दैन ।
स्थानीय, प्रदेश र संघ सरकारले बसाइ व्यवस्थापन गर्छ कि भन्ने आशैआशमा नौ वर्ष बिते पनि कसैले वास्ता नगरेको इमान नेपालीको गुनासो छ । २०७१ आएको बाढीले बुबाआमा र भाइ गुमाएँ,’उनले भने, ‘बस्ने कतै नभएपछि जंगलको बिचमा बआएर बस्यौँ । सरकारले केही राहत दिन्छकी भन्ने आशमै नौ वर्ष बित्यो । हाम्रा दुःख कसैले हेरेन ।’
इमानजस्तै करिब दुई सय घरपरिवारको बेदना उस्तै छ । घरबारी बग्यो । थातथलो गुम्यो । जेनतेन ज्यान जोगाए पनि बाढीबाट बाँचेकाहरूलाई अहिले पनि मृत्युसँग संघर्ष गर्दै बाँच्नुपरेको छ । ओत लाग्ने घर छैन । पाइला टेक्ने जग्गा जमिन छैन । शिक्षा, स्वास्थ्य, खानेपानी विद्युतको पहुँचबाट टाढा छन् । साँझबिहानको छाक टार्न दिनभरि खोलामा गिट्टी बालुवा निकाल्दै आफू र परिवार पालिँदै आएका छन् । बिहानबाट साँझसम्म पनि खोलामा हातका नङ्ग्रा खियाउँदा पनि पेटभरि खान पुग्दैन । चुनावका बेला नेताले निकै आश्वासन देखाए पनि त्यो पूरा नभएर गफमै सीमित राख्ने गरेको उनीहरुको गुनासो छ ।
चुनावका बेला खुबै आश्वासन बाँड्छन्, अहिलेको चुनावमा पनि आश्वाससन बाँड्दै हिँडे पनि आफुहरू नपत्याउने बसीदेवि नेपाली बताउँछिन् । ’पहिलेको चुनावमा गफमा झुक्कियौँ,’ उनले भनिन्, ‘अब कुनै पनि आश्वासन सुनिँदैन, ठूला आश्वासन देखाउनेलाई उल्टै लखेटिन्छ । ठूला आश्वासन छाट्ने नेताले मुटु बलियो पारेर आए हुन्छ ।’
सोही ठाउँकै रुपलाल विकको पनि वेदना उस्तै छ । गिरिघाटमा बस्न थालेको नौ वर्ष भयो । दिउँसोकोे उखरमाउलो घाममा च्यातिएको पालबाट तातो बाफ शरीरमै ठोकिने गरेको उनको भनाइ छ । ’गर्मी समयमा घाम र लामखुट्टेले सताउँछ । चिसो समयमा कठ्याङ्रिदो जाडोले सताउँछ । हामी बाँचेर पनि मरिरहेका छौँ,’ विकले भने । इमान र बसीदेवीको जस्तै उनलाई पनि साँझ बिहानको गर्जो टार्न हम्मेहम्मे छ । खोलामा गिट्टी बालुवा निकालेर गुजरा चलाउने गरे पनि अहिले खोला टिपर ट्याक्टले खाली गरेको उनी बताउँछन् । ’पहिले खोलामा गिट्टी बालुवामा हातका नङ्ग्रा खियाएर परिवार पाल्थ्यौँ त्यही पनि अहिले डोजरले खोसेको छ,’उनले भने ।
नौ वर्षअघि विस्थापित भएका सुर्खेतका करिब एक हजार ४५ परिवार बाढीपीडितको अवस्था अहिले पनि उस्तै छ । समय बदलिए पनि अवस्था उस्तै छ । अहिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहका सरकार छन । तर, बाढी पीडितको पीडा सुनेको नसुन्यै गरेका छन् ।
गिरिघाटस्थित छाप्रोमा बस्ने ३२ वर्षीया बसीदेवी नेपाली साँझबिहानको छाक टार्न घाँस काट्ने क्रममा रुखबाट लढेर घाइते भइन् । घाँस बेचेर पाँचजना परिवारको पालनपोषण गर्ने बसीदेवीलाई अहिले हिँड्डुलमा निकै समस्या भइरहेको छ ।
अहिले दिनभरि घरमै बसेर दिन बित्ने गरेको उनी बताउँछिन् । सुकुमाया बिटालुको समस्या पनि उस्तै छ । सरकारमा रहेका व्यक्तिहरू प्रति उनको ठूलो आक्रोश छ । ’खोलामा गिट्टी कुटेर खाने पेसा पनि डोजरले खोसियो । भनेको बेला रोजगारी पाइँदैन। गिटी कुटेको पैसाले एक छाकमात्रै खान पुग्छ,’ सुकुमाया बिटालुले आक्रोश पोखिन्, ‘लालाबाला बिरामी पर्दा उपचार छैन । चाहेर पनि स्कुल पठाउन सकेकी छैन । भोग्ने नभोग्ने समस्या हामीले झेलेका छौं । अहिले चुनावमा नेताहरूले अनुहार नदेखाए पनि हुन्छ ।’
२०७१ सालको बाढीले पुर्ण क्षती भएकाहरुको तीन लाख रुपैँया प्राप्त गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टले बताए । ०७१ को बाढीबाट प्रभावित सुर्खेतका पूर्ण क्षति भएका सम्पूर्णलाई तीन लाख रुपैयाँ पाइसक्नुभएको छ,’उनले भने । अहिले यहाँ गिरिघाटमा थापाडेरा, सिस्नेरी र हरिहरपुरबाट ६५ घरधुरीको बसोबास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
हुम्लामा लगातार हिमपात, सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार