एउटै चौरमा चुनावी सभा गर्न अघिअघि गठबन्धन, पछिपछि एमाले
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २१:२४:१२
२३ वैशाख, पोखरा । सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ गठबन्धन भर्सेज एमाले छ ।
अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमालेलाई अहिले तेस्राे दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ ।
एमालेलाई राप्रपा नेपाल र नेपाल परिवार दलले सहयोग गर्ने बताएको छ । राप्रपा नेपालले मेयर र उपमेयरमा उम्मेद्वारी दिए पनि एमालेलाई सघाउने भन्दै फिर्ता लिइसकेको छ ।
आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । १५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् ।
कास्की कांग्रेसको आयोजनामा कार्यक्रम हुने भएकोले उक्त सभामा अरु पार्टीका नेताहरू को-को आउने भन्ने टुंगिएको छैन । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।
सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । अहिलेको प्रतिश्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार