पाँच दलीय गठबन्धनको चुनावी सभामा चित्रबहादुर केसी पहिलो पटक सहभागी
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २२:१४:४६
२३ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनमा आवद्ध छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराउनदेखि अहिलेसम्म जनमोर्चा पाँच दलसँगै छ । गठबन्धन आवद्ध सरकारले एमसीसी पास गरेपछि जनमोर्चा अलग हुने घोषणा गर्यो । एमसीसी पास गरेर राष्ट्रघाती काम गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट अलग हुने घोषणा गरेको थियो ।
उक्त घोषणापछि धेरैको अपेक्षा थियो- अब जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग हुन्छ । तर, त्यसो हुन सकेन । जसले गर्दा जनमोर्चामाथि अनेकन आरोप लाग्यो ।
जनमोर्चामाथि यस्तो आरोप लागेको यो पहिलो पटक भने होइन् । यसअघि राजतन्त्र ढाल्न भएको जनआन्दोलन होस्, या विगतमा भएका आन्दोलनमा जनमोर्चा गठबन्धनमा आवद्ध थियो । तर, त्यहाँबाट बाहिरिएपछि यस्तो प्रतिगमनको मतियार बनेको, आर्थिक प्रलोभन वा सत्ता बाँडफाँटको साझेदार बनेको आरोप जनमोर्चामाथि लाग्ने गरेको थियो ।
सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) ले संसद्बाट एमसीसी पास गराए । त्यसपछि जनमोर्चा गठबन्धनको उक्त निर्णयको विरुद्धमा उभियो । र गठबन्धनसँगको सहकार्य तोड्ने घोषणा गर्यो ।
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनमोर्चा पुनः गठबन्धनको पक्षमा उभियो । जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल गठबन्धनको हरेक बैठकमा सहभागी भइरहिन् । अध्यक्ष चित्रबहादुर केसी भने निष्क्रिय जस्तै बने ।
चुनावी तालमेलका हुनेगरेका हरेक बैठकमा उपाध्यक्ष पौडेलले नै सहभागी भइन् । चित्रबहादुर भने त्यति सक्रिय देखिएनन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू देशदौडाहमा देखिए । तर, केसी भने कुनै पनि शीर्ष नेतासँग देखिएनन् । यसरी सक्रिय नभएपछि कतै गठबन्धनभित्र जनमोर्चा असन्तुष्ट त छैन ? भन्ने प्रश्न धेरैको मनमा थियो ।
यसरी गठबन्धनभित्र पनि निष्क्रिय देखिएका अध्यक्ष केसी पहिलो पटक गठबन्धनको चुनावी सभामा सहभागी भएका छन् । शान्तिवाटिकामा आयोजित चुनावीसभामा उनी पहिलो पटक सहभागी भएका हुन् । हिजो चितवनमा आयोजित चुनावी सभामा पाँच दलीय गठबन्धनबाट जनमोर्चाका नेताहरू उपस्थिति भएनन् ।
पहिलो पटक गठबन्धनको कार्यक्रममा सहभागी अध्यक्ष केसीले त्यसबारे आजको सभाबाट प्रष्ट पारे । ‘गठबन्धनको कार्यक्रममा म आज पहिलो पटक सहभागी भएको छु । यसमा मेरा व्यक्तिगत समस्या थिए, अन्य कारणले सहभागी हुन सकेको थिएन् । आजको कार्यक्रममा उपस्थित हुन पाएँ,’ अध्यक्ष केसीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार