हामी प्रगतिशील र प्रतिगामी शक्तिबीचको प्रतिस्पर्धामा छौंँ: नेता पौडेल
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २२:३४:१३
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशील र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन् । पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए ।
‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’
राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए । ‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने । केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए । उनले थपे, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं ।’
ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उनले गरे । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार