पोखरीया कांग्रेसले पनि सार्वजनिक गर्यो चुनावी घोषणा पत्र
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शनिबार १:२३:३१
२३ बैशाख, वीरगन्ज । पर्साको पोखरीया नगरपालिकामा नेपाली कांग्रेसले आफना प्रतिबद्धतासहितको चुनावी घोष्णापत्र सार्वजनिक गरेको छ । पोखरीयामा चुनावी सभा गरेर पर्साका शीर्ष नेताहरुको उपस्थितीमा कांग्रेसले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा पोखरीया नगरपालिकाको कांग्रेसका मेयर उम्मेदवार दिप नारानयण रौनीयार ‘मन्टु’, उपमेयरकी उम्मेदवार रेहाना खातुन , कांग्रेस केन्द्रिय सदस्य रमेश रिजाल , जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , क्षेत्रीय सभापति श्रीकृष्ण चौहान लगायले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेस पोखरीयाको चुनावी घोषणापत्रमा पोखरीयाको सडक विकास र नगरको समृद्धिलाइ प्राथमिकतामा राखिएको छ । यस्तै बेरोजगारी अन्त्य , कृषिमा आधुनिकिकरण , स्वास्थ्य , शिक्षा , सुशासनका बुँदा पनि कांग्रेसको चुनावी घोषणा पत्रमा समावेश छन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य रमेश रिजालले कांग्रेसले जे बोल्ने त्यहि गर्ने भएकाले पोखरीयाको चुनावी घोषणापत्रमा गरिएका वाचाहरु कांग्रेसका जनप्रतिनिधीहरुले कार्यान्वयनमा ल्याएरै छाड्ने बताए ।
रिजालले भने,‘ अरु जस्तो झुठकोपुलिन्दा बाँध्ने पार्टी कांग्रेस होइन , यसले जे बोल्छ त्यहि गर्छ , र गर्न सक्ने काम मात्रै बोल्छ , जनतालाइ भ्रममा राख्दैन । रिजालले मुलुकमा भएका हरेक राजनीतिक संकटको निकास कांग्रेसले नै दिएको भन्दै पोखरीयामा पनि युवा नेतृत्व मन्टुलाइ चुनावी मैदानमा उतारकोले कांग्रेसका उम्मेदवारलाइ बहुमतका साथ जिताउन अपिल गरे ।
चुनावीसभालाइ कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , क्षेत्रिय सभापति श्रीकृष्ण चौहान , मेयरका उम्मेदवार मन्टु लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार