अर्बन फूडको ब्लू स्टार कम्प्लेक्समा अर्बन माट सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शनिबार २:५०:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/mart-2-scaled-e1651850342545_pXlYQiQGGF.jpg)
२३ बैशाख, काठमाडौं । अर्बन मार्टले भव्य उद्घाटन गर्दै ग्राहकहरुकालागि अर्बन माटमा आफ्नो ढोका खोलेको छ । अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधनगर्ने कम्पनी हो ।
यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफीबिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदानगर्दै आएको छ ।
अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फूड टेक्नोलो जिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।
अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन् ।
अर्बन फूडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, “हाम्रा मूल्यवान ग्राहकहरुलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ । खुशी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरुमा ३०% छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५% छुट प्रदानगर्नेछौँ ।”
नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरुका साथै अनलाइन विक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुनेछ । मार्टको ठीक पछाडि अर्बन फूडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यहीमाथि अर्बन फूडकै केन्द्रीय कार्यालय रहेको छ । विशेषमूल्यहरु, सदस्यता कार्यक्रमहरु, केन्द्रीय स्थान र पार्किङ सुविधाहरु बाहेक, अर्बन मार्टको अर्को विशेषता भनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरु पाइनु हो जुन अर्बन मार्ट मार्फत मात्रलिन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार