महोत्तरी कांग्रेसबाट ३२ जना बागी उम्मेदवारी निष्कासित
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शनिबार ३:१९:३८
♦ विशाल बस्नेत
२३ वैशाख, महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो ।
उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको छ । पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए ।
निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीलगायत छन् । प्रह्लाद क्षेत्रीका साथै बर्दिबास नगरपालिकी तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ ।
त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटक-पटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार