हिमाका सातादेखि टेलिफोनविहीन, निर्वाचनमासमेत समस्या
नेपालबहस संवाददाता
बैशाख २४, २०७९ शनिबार १९:१८:२६
२४ वैशाख, खलङ्गा । जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ ।
टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो ।
कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने, “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौंबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ ।”
टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो । निर्वाचनका समयमा टेलिफोनमा अवरुद्ध आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उम्मेदवारले गुनासो गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार