गठबन्धनका उपमेयरका साझा उम्मेदवार आलमको पक्षमा जनलहर तिब्र
आबिद हुसेन
बैशाख २४, २०७९ शनिबार १९:३३:११
२४ बैशाख, बीरगन्ज । बीरगन्ज महानगरका लागि गठबन्धनका उपमेयरका साझा उम्मेदवार इम्तियाज आलमको पक्षमा जनलहर बढ्दै गएको छ । आलमले पनि चुनाव नजिकिएसँगै चुनावी घरदैलोलाई तिब्र बनाएका छन् ।
घरदैलोको क्रममा उनको पक्षमा जनलहर बढ्दो छ । बीरगन्ज महानगरपालिका वार्ड नं २३ प्रसौनी विर्ता र सबैठवामा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । सो वार्डबाट आफुले अधिक मत पाउनेमा आफु पुर्ण विश्वस्त रहेको कुरा उनले भने ।
घरदैलो कार्यक्रममा नेविसंघका जिल्ला सभापति विकास तिवारी, पुर्व स्ववियू सदस्य धर्मराज यादव लगायतका विद्यार्थी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहनुका साथै वार्डबासीहरुको उपस्थितिले माहौल उत्साहजनक बनाएको थियो । अब बाँकी वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईने कुरा उम्मेद्वार आलमले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार