गण्डकी प्रदेशले बनायो प्रहरी परिचालन रणनीति
नेपालबहस संवाददाता
बैशाख २४, २०७९ शनिबार २३:१०:३९
२४ वैशाख, पोखरा । गण्डकी प्रदेश संसदबाट २०७७ सालमै प्रहरी ऐन पारित भएको थियो । संघीय सरकारले प्रहरी समायोजन समयमै नगरिदिएका कारण अहिले एउटा मन्त्रालयनै कामविहिन बनेको छ । आन्तरिक मामिला मन्त्रालयको मुख्य जिम्मा प्रहरी परिचालन र शान्ति सुव्यवस्था कायम गर्ने हो । तर, प्रहरी सबै संघ सरकारको छ, मन्त्रालयले काम पाएको छैन ।
नेपालको संविधानमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार सूचिमा उल्लेख छ । त्यसैका लागि प्रदेश सरकारले प्रहरी ऐन निर्माण गरेको छ । हालसम्म ऐन नै कार्यान्वयनमा छैन । प्रदेश सरकारले आउँदो तीन वर्षका लागि प्रहरीको रणनीतिक योजना तय गरेको छ ।
प्रहरीको नयाँ संगठनको संचालन, सुपरिवेक्षण र समन्वयका लागि रणनीति बनाएको सरकारले जनाएको छ । मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निर्देशन समिति गठन भएको थियो भने सोही समितिले नियमावलीको मस्यौदा तर्जुमा र रणनीतिक योजनाको मस्यौदा तयार गरेको हो ।
समितिले तयार गरेको गण्डकी प्रदेश प्रहरीको त्रिवर्षीय रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई पेस गरिएको छ । मस्यौदा लिँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनको पाँच वर्ष पुग्नै लाग्दा समेत प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको बताए । उनले संघीय सरकारले प्रदेशलाई नपत्याएको गुनासो गरे ।
यसअघि सरकारले हाल चलिरहेको प्रहरी संरचनाभन्दा नयाँ ढंगबाट प्रहरी परिचालन गर्ने गरी ऐन बनाएको छ । अहिले तयार गरिएको नियमावली र रणनीति प्रदेश सभामा पेश गर्न बाँकी छ । सभाबाट पास भएपछि मात्रै कार्यान्वयनमा आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार