सत्ता गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दै
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १२:५९:४६
२५ वैशाख काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ । बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन् ।
यस्तै दाङको तुलसीपुरमा पनि आजै चुनावी सभा हुनेछ । पोखरामा सभा सकेर सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जानेछन् । त्यहाँ दिउँसो २ बजे सभा आयोजनाको तयारी छ । यसअघि शनिवार रुपन्देहीको बुटवल, तनहुँको दमौली र धनुषाको जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा शुरू गरेको थियो । २१ गते विराटनगर, २२ गते भरतपुर र २३ गते काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिश्पर्धामा एमालेका तर्फबाट कृष्ण आचार्य मैदानमा होमिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार