५ बर्षे कार्ययोजना लिएर उम्मेदवार पौडेल घरदैलोमा
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १६:४२:५८
२५ काठमाडौं, स्याङ्जा । जिल्लाका ११ स्थानीयतहका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । ५ बर्षे रणनीतिक कार्ययोजना बनाएर उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका हुन् । आँधीखोला गाँउपालिकामा नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरु जनताको मनजित्ने गरी अहिले घरदैलोमा पुगेको बताइएको छ । ५ दलीय गठबन्धनमा आँधीखोला गाँउपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा समाजवादी (एस) र केही वडाहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु संयुक्त घरदैलो अभियानमा जुटेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले एकलौटी स्थानीयसरकारमा बिजयी हासिल गरेको थियो ।
एकलौटी स्थानीय सरकार हुँदा गाँउपालिकामा चरम भष्ट्रचार भएको गठबन्धनका उम्मेदवारहरुले आरोप लगाउदै आएका छन् । ५ बर्ष सम्म गाँउपालिकामा भएका भष्ट्रचार, अनियमितता, अपारदर्शीताको भण्डाफोर गर्न गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन जनतासगँ अपिल गरेका छन् । नेपाली काँग्रेसले बिद्यार्थीकाल देखि राजनीति शुरु गरेका कुशल संगठक, अनुभवी नेता प्रेमराज पौडेललाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले उपाध्यक्षमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । दुबै उम्मेदवार गाँउपालिकावासीका प्रिय नेताका रुपमा चिनिन्छन् ।
गाँउपालिकाको सुचाङ्कमा धेरै पछाडी पर्नु, शर्शत अनुदान बाहेक गौरवका आयोजनाको विकास नहुनुले गएको ५ बर्ष जनताले अपेक्षाकृत काम नभएको अध्यक्षका उम्मेदवार प्रेमराज पौडेलले बताए । ५ बर्ष हामीलाई गाँउपालिकाको जिम्मेवारी दिनुहोस अध्यक्षका उम्मेदवार पौडेलले भने,‘समावेसी, सहभागीतामुलक विकासका योजना र उज्यालो गाँउपालिका बनाउछौं ।’ पहुँचका आधारमा होइन, आवश्यकताका आधारमा गाँउपालिकाको विकासमा जोड दिन्छौ पौडेलले भने ।
गठबन्धनका उम्मेदवारहरुले ५ बर्षमा विभिन्न दातृनिकाय सगँ समन्वयगरी परियोना संचालन गर्ने, पालिकाले स्वँपुजी निर्माणगरी आम्दानी गर्ने, निशुल्क गुणस्तरीय प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य उपचार, कृषिलाई आधुनिकीकरण गर्दै एग्रो टुरिजमको विकास गर्ने लगायतका रणनीतिक योजना अगाडी सारेर चुनावी मैदानमा उत्रेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार