वीरगञ्जको सिर्सियामा जसपाको घरदैलो, स्थानीयले देखाए उत्साहजनक सहभागिता
आबिद हुसेन
बैशाख २५, २०७९ आइतबार १७:२९:१५
२५ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।
वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीको नेतृत्वमा आज आयोजना गरिएको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।
कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर २५ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेको जसपाको जित निश्चित रहेको बताए ।
साढे ४ वर्षसम्म वीरगञ्जमा हुन नसकेको विकास र जनप्रतिनिधिहरुले देखाएको रवैयालाई मूल्यांकन गर्दै जनताले यस पटक साझा गठबन्धन र जसपाका उम्मेदवारलाई जिताउने सिंहले विश्वास व्यक्त गरे ।
जनताको सेवक बनेर निर्वाचित भएर गएका जनप्रतिनिधिहरुको कुर्सिमा पुगेर राजा बनेको आरोप लगाउँदै वडा अध्यक्ष उम्मेदवार आशुतोष चतुर्वेदीले सिर्सिया गाउँको विकास र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताए ।
चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत सयौं स्थानीयहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्रका इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार