धनुषाधामलाई पर्यटकीय नगर बनाउने योजना सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १७:५७:४८
२५ वैशाख ,जनकपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवेन्द्रकुमार यादव (दीपक) र उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन ।
माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाधाम नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि करिब २५ किलोमिटर धार्मिक प्राकृतिक पदयात्रा मार्ग निर्माण गर्ने, नगर क्षेत्रमा रहेको धनुषा मन्दिर र राम मन्दिरलाई थप सौन्दर्यीकरण र गुणस्तरीय सरसफाइलाई प्राथमिकतामा राखी धनुषाधाम धर्मशालालाई यात्री निवासका रूपमा विकास गरिने तथा सांस्कृतिक सङ्ग्राहालयको स्थापना र बाल उद्यानको निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ ।
समृद्ध नगरका लागि कृषि भन्ने नाराका साथ चुनावी प्रतिस्पर्धामा आएको आफूहरु निर्वाचित भएपछि तत्कालै नगरप्रमुखको अध्यक्षतामा कृषि नगर विकास समिति गठन गरी कृषकले वर्षौं देखि खेप्दै आएका मलखाद्य, बीउबिजन, कृषि सामग्रीलगायतका समस्यालाई समाधान गरिने नगरप्रमुखका उम्मेदवार यादवले बताए । एक गाउँ एक उत्पादनको नीतिलाई प्राथमिकताका साथ लागू गरिने उल्लेख गर्नुहुँदै उहाँले कृषि बीमा लागू गरिने र दूध उत्पादक सहकारीमार्फत हरेक वडामा दूध सङ्कलन केन्द्र स्थापनालाई जोड दिने जानकारी दिए ।
नगर क्षेत्रका सडकहरूको स्तरोन्नति गर्दै हरेक वर्ष पाँचदेखि १० किलोमिटर कालोपत्र सडक निर्माण गर्ने, सबै वडामा सेवा पुग्ने गरी तीनवटा नगरबस सञ्चालन गर्ने र अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउने आफूहरूको प्रतिबद्धता रहेको नगरप्रमुखका उम्मेदवार यादवले बताएका छन।
सो अवसरमा उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले दक्ष जनशक्ति निर्माणका लागि सबै माध्यमिक विद्यालयलाई स्तरोन्नति गरी प्राविधिक तथा व्यावसायिक विद्यालयका रूपमा विकास गर्ने आफूहरुको प्रतिबद्धता रहेको बताए ।
फरक क्षमता भएका, गरिब, बिपन्न, दलित एवं जनजाति समुदायलाई ल्यापटपको व्यवस्था गर्ने, प्रतिविद्यार्थी रु १० हजार छात्रवृत्ति तथा अतिविपन्न समुदायका विद्यार्थीलाई एक इञ्जीनियर र दुई ओभरसियर कोर्ष अध्ययन गर्नका लागि सम्पूर्ण छात्रवृत्ति दिइने व्यवस्था गरिने आफूहरूको योजना रहेको उनले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार