स्थानीय तहमा प्रतिस्पर्धा गरिरहेका ३५ हजार युवालाई कति सहज छ नेतृत्वमा पुग्न ?
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १८:३०:५६
२५ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्यांकले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ ।
आयोगको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदमा १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचन मार्फत ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
आयोगका अनुसार यस पटकको स्थानीय निर्वाचनमा उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका ६७ हजार १६२ छन् भने ५१ देखि ६५ वर्ष उमेर समूहका ३७ हजार ५४ जना । उम्मेदवारी दिनेमा ६५ वर्षभन्दा माथिका ५ हजार ५२७ जना रहेका छन् ।
कूल उम्मेदवारमध्ये २४.३२ प्रतिशत २१ देखि ३५ वर्षका, ४६.३१ प्रतिशत ३६ देखि ५० वर्षका, २५.५५ प्रतिशत ५१ देखि ६५ वर्षका र ३.८१ प्रतिशत ६५ वर्षभन्दा माथिका रहेका छन् । वैशाख ३० गते हुने निर्वाचनमा प्रमुख पदमा ३ हजार २३८ जनाको उम्मेदवारी परेको छ । तीमध्ये २१ देखि ३५ वर्षका ६८० जना, ३६ देखि ५९ वर्ष उमेरका १ हजार ४३२ जना, ५१ देखि ६५ वर्षका ९८१ जना र ६५ वर्षभन्दा माथिका १४५ जना रहेका छन् ।
अध्यक्ष पदमा ३ हजार ९२ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६२२ जना, ३६ देखि ५० वर्षका १ हजार ४७० जना, ५१ देखि ६५ वर्षका ८३६ र ६५ वर्षभन्दा माथिका १६४ जना रहेका छन् । उपप्रमुख पदमा १ हजार ९६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ४९७ जना, ३६ देखि ५० वर्षका १ हजार २ जना, ५१ देखि ६५ वर्षका ४१५ जना र ६५ वर्षभन्दा माथिका ५० जना रहेका छन् ।
उपाध्यक्ष पदमा २ हजार १६३ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६८२ जना, ३६ देखि ५० वर्षका १ हजार ६७ जना, ५१ देखि ६५ वर्षका ३८४ जना र ६५ वर्षभन्दा माथिका ३० जना रहेका छन् ।
वडा अध्यक्षमा उठेका ३२ हजार ४९३ जनामध्ये २१ देखि ३५ वर्षका ६ हजार ५६३ जना, ३६ देखि ५० वर्षका १५ हजार २४८, ५१ देखि ६५ वर्षका ९ हजार ३४२ र ६५ वर्षभन्दा माथिका १ हजार ३४३ जना रहेका छन् ।
आयोगका अनुसार सदस्यमा ५३ हजार १७३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष ११ हजार ७३१ जना, ३६ देखि ५० वर्षका २२ हजार ९७३ जना, ५१ देखि ६५ वर्षका १५ हजार ७३१ र ६५ वर्षभन्दा माथिका २ हजार ७३८ जना रहेका छन् ।
महिला सदस्यमा ५३ हजार १७३ जनाले उम्मेदवारी दिएकोमा २१ देखि ३५ वर्षका ७ हजार २७९ जना , ३६ देखि ५० वर्षका १२ हजार ८२९ जना, ५१ देखि ६५ वर्षका ४ हजार ९७९ जना र ६५ वर्षभन्दा माथिका ५१२ जना रहेका छन् ।
यस्तै, दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ७ हजार २१३ जना, ३६ देखि ५० वर्षका ११ हजार १४१ जना, ५१ देखि ६५ वर्षका ४ हजार ३८६ जना र ६५ वर्षभन्दा माथिका ५४५ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार