“हरेक मतदाता वास्तविक हो ,होइन भनेर दलका प्रतिनिधिले चिन्नुपर्छ” ,मुख्य निर्वाचन अधिकृत
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १९:२०:५९
२५ वैशाख,बलेवा । धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड देखिन्थ्यो । भीडमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयवासी समेत थिए ।तारबार लगाएर बीचमा केही सामग्रीसमेत राखिएकाले के होला भनेर वरपरका मानिसले पनि चासो राखे । एक राजनीतिक दलका नेताले त फोन गरेरै त्यो के को भीड हो भनेर सोध्न पनि भ्याए ।
आसन्न स्थानीय तह निर्वाचनकालागि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको दुईदिने तालिम सकिएपछि आयोजित नमूना मतदानका लागि उक्त भीड र सामग्रीसहित तारबार लगाइएको थियो । अगाडि बस्नुभएका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी र सेनाका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधि दर्शकका रूपमा थिए । कर्मचारी र पत्रकार लाइनमा बसेर मतदान गर्न नामावली हेर्दै थिए । त्यहाँ दुरुस्तै नामावलीको लिस्ट भएपनि वास्तविक नाम थिएनन् । कोही जुठे, कोही गोरे त कोही बाटुली नाम गरेका मतदाताको नाम थियो ।
नमूना मतदानकै लागि तयार गरिएको उक्त नामावली मात्र होइन, मतपत्रमा पनि नमूना चिह्न थिए । साइज र कोठा वास्तविक मतपत्रजस्तै भएपनि नमूना मतपत्रसहितका सामग्री थिए । मतदान सुरु गर्नुअघि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मतदान अधिकृत र सहायक अधिकृतलाई रित्तो बाकस शिल गर्ने तरिकादेखि त्यसका लागि दलका प्रतिनिधिबीच गर्नुपर्ने मुचुल्काबारे जानकारी गराए ।
मतदान गर्ने स्थानको सुरक्षाबारे पनि उनले जानकारी गराए । दलका प्रतिनिधिलाई पनि उनले सम्झाए । “हरेक मतदाता वास्तविक हो होइन भनेर दलका प्रतिनिधिले चिन्नुपर्छ, कर्मचारीले कानुनी र प्रक्रियाबारेमात्रै जानकारी गराउने हो”, मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए, “मतदान केन्द्रमा हुनसक्ने हो–हल्ला र अन्य जोखिम व्यवस्थापनमा पनि सुरक्षा निकाय र दलका प्रतिनिधि मिलेर काम गर्नुपर्छ ।” उनले कर्मचारीलाईपनि हिम्मत र फुर्तिका साथ काम गर्न सुझाव दिए।
मतदान गर्दा बदर नहोस् भनेर गरिने तरिका तथा मतपत्र पट्याउने तरिका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले सिकाउनुभयो । पट्याउँदा एक चिह्नमा लगाएको छाप अर्कोमा नपर्ने गरी पछ्याउनुपर्ने तरिकाले मत बदर हुनबाट बचाउने उनको भनाइ थियो । सबै प्रक्रिया पुगेपछि लाइनमा बसेका मतदाताले मतदान गरे । गोप्य मतदान भएकाले कसैको डर, धम्की, प्रलोभनसमेतमा नपरी मत खसाल्न मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।
“यो नमूना मतदानले पनि कतिपय प्रक्रिया र तरिका सिकायो, तर मुख्य काम वैशाख ३० गतेको निर्वाचन सफल पार्ने हो”, उनले भने,“जनताले उत्साहका साथ मतदान केन्द्रमा आएर मत खसाल्ने वातावरण बनाउन दल र सामाजिक अभियान्ता सक्रिय बन्नुपर्छ ।” आम नागरिकमा उत्साह भएमा सही उम्मेदवार निर्वाचित भएर आउने अवस्था बन्ने उनले बताएका छन ।
नमूना मतदानले फिल्डमा खटिएपछि काम गर्ने तरिकाबारे सिकाएको बालमन्दिर प्राविमा खटिएकी एक कर्मचारी कविता शर्माले बताए । “तालिममा सिकेपनि व्यवहारिकरूपमा यहाँको नमूना मतदानले धेरै सिकायो”, उनले भने, “काममा परेपछि मात्र धेरै कुरा सिक्न पाइने रहेछ ।” निर्वाचनअघि र निर्वाचनपछि गर्नुपर्ने प्रक्रियाबारे पनि नमूना मतदानले प्रष्ट बनाएको नमूना मतदानमा खटिनुभएकी निर्वाचन अधिकृत गोमा रिजालले बताईन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार