चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : ओली
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २२:१२:३८
२५ वैशाख, बुटवल । नेकपा एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए।
सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्नेउनले बताए । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे ।
कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले बताए। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले आरोप लगाए ।
उनले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताए । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताए । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताए ।
एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उनको भनाइ छ । भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उनले दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार