पाँच पत्रकार संगठनलाई आयोगको सोध्यो २४ घन्टे स्पष्टीकरण
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २२:३०:३८
२५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ ।
‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघ/संगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन ? पत्र प्राप्त भएको समयले २४ घन्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेर स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।
स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ ।
त्यसैगरी ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।
आचारसंहिताविपरीत विज्ञप्ति जारी गरिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शनिबार सार्वजनिक गरिएको विज्ञप्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । तर, यस विषयमा उनीहरूले भने अहिलेसम्म केही स्पष्टीकरण दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार