बास्केटबल : गोल्डेनगेट र जेभियर फाइनलमा
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २२:५०:२२
२५ वैशाख, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेनगेटले नाथमलाई ६१-५३ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७-५, १६-११ र २०-१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१-८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन ।
अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०-२७ ले हरायो । चौथो क्वाटर १०-१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०-६, दोश्रोमा २१-८ र तेश्रोमा ९-३ को प्रदर्शन गर्यो ।
महिलातर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्रो हुँदै फाइनल पुगेका हुन् । फाइनल सोमबार हुनेछ ।
ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार