आफुले दिएको अभिव्यक्ति छानबिनमा परेपछि प्रचण्डले भने, ‘मेरो भनाइलाई गलत अर्थ लगाइयो’
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २३:२१:२०
२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा सत्ता गठबन्धनले नजिते राजनीतिक दुर्घटनाको खतरा छ भन्ने आफ्नो भनाइलाई गलत अर्थ लगाइएको स्पष्ट पार्दै गदा निर्वाचन आयोगले भने उनको अभिव्यक्तिमाथि छानविन सुरु गरेको छ ।
आइतबार पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उनले गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताउँदै आफुले कसैलाई पनि धम्कि नदिएको दावी गरेका थिए ।
यता, भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगले छानविन थालेको छ ।
प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो । दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।
प्रचण्डले पोखरामा भने, ‘एउटा ठूलो षड्यन्त्रलाई परास्त गर्ने सन्दर्भमा गठबन्धनको विरुद्धमा राजावादी, गणतन्त्र विरोधीहरुको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ,’ उनले भने, ‘अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।’
देशमा गठबन्धनको संयुक्त सरकारको तरिकाबाट मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सम्भावना रहेको उनले उल्लेख गरे । प्रचण्डले यो गठबन्धन जन्मिने दिनदेखि नै प्रतिक्रियावादी र अवसरवादीको लगातारको कोसिस यो गठबन्धनलाई टुटाउने प्रयास गरिरहेको बताए ।
अहिलेको निर्वाचनमा पनि संविधान, राष्ट्र र गणतन्त्रको रक्षाको निम्ति अगाडि बढेको यो गठबन्धनलाई कुनै न कुनै रुपमा विभाजित गर्ने षड्यन्त्र चलिनै राखेको भन्दै स्थानीय निर्वाचनको तहमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म पनि गठबन्धनलाई लैजानुपर्ने उनदे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार