कम्मरको बोसो तिव्र रुपमा घटाउने हो ?

नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २३:३६:२८

२५ बैशाख ,काठमाडौं ।हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ । तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् ।
विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ,
हाम्रो शरीरले असाध्यै धेरै पोषक तत्व पाउँछ । यो गुड कार्ब्स, हेल्दी फ्याट र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । जसलाई तीब्र रुपमा तौल कम गर्न मन लागेको छ, उनीहरुले यो सम्मिश्रणलाई अपनाउनुपर्छ ।
दही र बेरिजः
शोधमा यो प्रमाणित भइसकेको छ कि दहीले तौल घटाउन निकै सहयोग गर्छ किनभने यसमा क्याल्सियम, भिटामिन डी, प्रोटिन र अमिनो एसिडको सम्मिश्रण पाइन्छ । पानीको मात्रा अत्यधिक भएको बेरिजसँग दहीको सेवन गर्दा तौल घटाउने गतिलाई बढाउन सकिन्छ ।
अण्डा र क्याप्सिकमः
प्रोटिनको राजा भनिने अण्डाले हाम्रो मेटाबोलिजमलाई बुस्ट गर्ने काम गर्छ । भिटामिन सीयुक्त क्याप्सिकमसँग अण्डा खाँखा हाम्रो भोक लामो समयसम्म शान्त रहन्छ भने शरीरमा जमेको बोसो पनि तीब्र रुपमा कम हुने गर्छ ।
दाल भातः
दाल प्रोटिनको निकै राम्रो स्रोत हो । जबकी भातमा हुने कार्ब्सले हाम्रो शरीरलाई भरपुर ऊर्जावान् राख्छ । तौल घटाउन चाहनेहरुका लागि यी दुईको सम्मिश्रण निकै राम्रो मानिन्छ ।
एभोकाडो र पत्तेदार सब्जीः
पत्तेदार सागसब्जी भिटामिन र मिनरलको निकै राम्रो स्रोत मानिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यस्तै, अर्कोतर्फ एभोकाडोमा गुड फ्याट हुन्छ जसले लामो समयसम्म भोकलाई शान्त राख्न सक्छ । यसको सम्मिश्रणले तीब्र रुपमा तौल घटाउनुका साथै यो तपाईंको स्वास्थ्यका लागि पनि असाध्यै उत्कृष्ट हुन्छ ।
ब्रोकली र मासुः
मासु वा माछामार्फत् हाम्रो शरीरले भरपुर मात्रामा प्रोटिन मिल्छ जसले मांसपेशीलाई बलियो र रक्त कोशिका बनाउने काम गर्छ । जबकी ब्रोकलीमा भिटामिन सीसमेत विभिन्न प्रकारका पौष्टिक तत्व पाइन्छ जसले फ्याट बर्निङ प्रोसेसमा पनि ठूलो भूमिका निभाउँछ ।
ग्रीन टी र कागतीः
ग्रीन टी र क्याटेचिनयुक्त एक लो क्यालोरी ड्रिङ्क हो जसले निकै तीब्र गतिमा क्यालोरी र फ्याट घटाउने काम गर्छ । जबकी कागतीमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टले पाचन प्रक्रियालाई दुरुस्त राख्ने काम गर्छ । यी दुबै चिजको सम्मिश्रण तौल घटाउनका लागि निकै राम्रो मानिन्छ ।
साल्मन फिस र सखरखण्डः
ओमेगा–थ्री फ्याटी एसिडयुक्त साल्मन माछा पछिल्लो थुप्रै वर्षदेखि लोकप्रिय हुँदै आएको छ । न्यूट्रिशनिस्टका अनुसार यसलाई फाइबरयुक्त सखरखण्डसँग खाँदा यसले तीब्र रुपमा तौल कम गर्न सहयोग गर्छ ।
डार्क चकलेट र बदामः
डार्क चकलेटमा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ जसले मेटाबोलिजमलाई बुस्ट गर्नुका साथै क्यालोरी बर्न पनि गर्छ । यस्तै पोषक तत्वले भरपुर बदाम अनावश्यकको भोकलाई शान्त पार्ने काम गर्छ । यी दुई चिजको सम्मिश्रणले तीब्र रुपमा तौल घटाउन सहयोग गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बिहान खाली पेटमा भिजेको किसमिस खादा अचम्मको फाइदा
फागुन ११, २०८१ आइतबार
बिहान उठे पछि के गर्ने के नगर्ने ? जान्नुहोस्
फागुन ९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार