मेयर उम्मेदवार सरावगीले यसरी बर्बाद गरे महानगरवासीको करबाट उठेको पचासौँ लाख !
आबिद हुसेन
बैशाख २५, २०७९ आइतबार २३:४७:३०
२५ बैशाख, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीको अदुरदर्शीताका कारण महानगरका करदाताको पचासौँ लाख रुपैया डुबेको बताएका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका लागि वीरगञ्ज महानगरपालिकाको साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सभापति क्षेत्रीले अदालतमा मुद्धा चलीरहेको जग्गामा वीरगञ्ज महानगरको बजार सार्ने भन्दै महानगरका करदाताको पचासौ लाख रुपैयाँ निवर्तमान मेयर सरावगीले माटो पुरेर बर्बाद पारेको आरोप लगाएका थिहिए । उक्त आरोपको सत्य तथ्य बुझ्न अनुसन्धान गर्ने क्रममा सभापति क्षेत्रीको आरोप सही प्रमाणित भएको छ ।
सरावगीले विगत लामो समयदेखि उच्च अदालतमा विचाराधीन रहेको जग्गामा व्यक्तिविशेषलाई फाइदा पुर्याउने गरी निर्वाचित भएर आएको केही दिन भित्रै महानगरपालिकाको पैसाबाट माटो पुरेको हामीले पायौँ । उनले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ स्थित पूरानो भगवती राइस मिलको १ विगाह ७ कठ्ठा जग्गामा माटो पुर्ने काम गरेका रहेछन् ।
व्यक्तिविशेषलाई फाइदा पुग्नेगरी सरावगीले उक्त जग्गामा पचासौँ लाख रुपैयाँको माटो पुरेपछि अदालतले २०७५ मंसिर ८ गतेका दिन माटो पुर्ने काम रोक्न आदेश जारी गरेको थियो । तर सरावगीले अदालतको आदेशलाई अवज्ञा गरेर माटो पुर्ने कामलाई निरन्तरता दिए । त्यसपछि अदालातले पुन २०७५ मंसिर १८ गते आदेश जारी गर्दै माटो पुर्ने काममा रोक लगाएको थियो ।
त्यो बेला व्य्वाक्तिविशेषलाई फाइदा पुग्नेगरी महानगरवासीले तिरेको करको पैसाबाट भगवती राइस मिलको जग्गामा माटो पुर्ने सफल भएका सरावगीले गत माघमा पुन: एक पटक त्यहाँ बजार सार्नुपर्ने बताउँदै बाँकी रहेको माटो पुर्ने परपञ्च रचे ।
२०६६ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त जग्गा ऐलानी पर्ती भनेर नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत विभागलाई गरेको निर्देशन बमोजिम मालपोत विभागले नेपाल सरकारको नाममा उक्त जग्गा नामसारी गर्दा प्रीतमसिंह ठकुरी, जगदीशसाह कानू र शरदविक्रम शाहले उक्त जग्गामाथि दावी गर्दै नेपाल सरकार विरुद्ध मुद्दा दायर गरेका थिए । अदालतमा हलसम्म पनि उक्त मुद्दा विचाराधीन नै छ ।
उनीहरूसँगै भगवती राइस मिलको तर्फबाट ताराचन्द केडियाले पनि सर्वोच्च अदालतमा वीरगञ्ज महानगरसहित नेपाल सरकार, मालपोत विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगविरुद्ध रिट गरेका थिए । पर्सा जिल्ला अदालतमा परेको रिटमा वीरगञ्ज महानगरपालिकाले ९ वर्ष अघि अख्तियारले सरकारीकरण गरेको जग्गामा लामो समयदेखि थोक तरकारी बजार टीनको छानो राखेर सञ्चालनमा रहेको दाबी गरेको थियो । तर महानगरले त्यसको पुष्टि गर्न सकेन ।
स्रोतका अनुसार उक्त जग्गामा सरावगीले व्यक्तिविशेषलाई फाइदा पुग्ने गरी महानगरपालिकाको पैसाबाट माटो पुर्ने लगाएका थिए । यतीसम्म की अदालतले आदेश गर्दासमेत उनले माटो पुर्ने कामलाई रोकेका थिएनन । सरावगीले एक पटकमा अदालतले दिएको आदेश नमानेपछि अदालतलाई दोस्रो पटकमा माटो पुर्ने काम रोक्न आदेश दिनुपरेको थियो । सरावगीले दोस्रो आदेशपछि माटो पुर्ने काम बन्द गरेका थिए ।
उनले मुद्दा विचाराधीन अवस्थामा रहेको तर नेपाल सरकारको नाममा भइसकेकोले महानगरले त्यसमा अस्थायी बजार स्थापना गर्न लागेको बताएका थिए । सरावगी यस पटक पनि सफल हुन् सकेनन् तर यस पटक पनि महानगरवासीको करबाट उठेको लाखौँ रुपैयाँ भने डुब्यो ।
तर अदालतको दोस्रो आदेश आउँदा आउँदै सरावगीले उक्त जग्गामा दिन रात माटो पुर्ने काम लगाएर महानगरवासीको करबाट उठेको लाखौँ रुपैयाँ बर्बाद गरेका थिए । त्यो बेला व्य्वाक्तिविशेषलाई फाइदा पुग्नेगरी महानगरवासीले तिरेको करको पैसाबाट भगवती राइस मिलको जग्गामा माटो पुर्ने सफल भएका सरावगीले गत माघमा पुन: एक पटक त्यहाँ बजार सार्नुपर्ने बताउँदै बाँकी रहेको माटो पुर्ने परपञ्च रचे ।
सरावगीले फेरी त्यहाँ अस्थायी बजार स्थापना शुरू गर्नुपर्छ भन्दै हाल घण्टाघर छेउमा रहेको विपी उद्यानको जग्गालाई खाली गगराउँदै महानगरवासीले तिरेको करबाट त्यहाँ बाँसोको छाप्रो बनाउन थाले । यस अघि महानगरपालिकाले सो स्थानमा माटो भर्दा अदालतले मुद्दाको फैसला नहुँदासम्म सो स्थानमा कुनै कार्य नगर्न महानगरलाई निर्देशन दिएपनि सरावगीले त्यसको वेवास्ता गर्दै पुनस् त्यहाँ काम लगाए ।
उनले मुद्दा विचाराधीन अवस्थामा रहेको तर नेपाल सरकारको नाममा भइसकेकोले महानगरले त्यसमा अस्थायी बजार स्थापना गर्न लागेको बताएका थिए । सरावगी यस पटक पनि सफल हुन् सकेनन् तर यस पटक पनि महानगरवासीको करबाट उठेको लाखौँ रुपैयाँ भने डुब्यो ।
व्यवसायी घरानाबाट राजनीतिमा अचानक प्रवेश गरी मधेश आन्दोलनलाई सिढी बनाएर मेयर निर्वाचित भएका सरावगीले आफ्नो साढे ४ वर्षको कार्यकालमा यस्ता कयौँ विवादास्पद कामहरु गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार