उम्मेदवारले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानूः प्रहरी
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ सोमबार १:१:१२
२५ वैशाख, काठमाडौं । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस हुने र केही चक्कर लागेर लड्ने जस्ता घटना घटेको पाइएको भन्दै सचेत लगाएको हो।
निर्वाचन जस्तो संवेदनशीलस समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले आग्रह गरेका छन्।
सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई चुनाव प्रचारका क्रममा दिइएको खानेकुरामा विष पाइएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार