कांग्रेस क्षेत्रिय सभापति सहाबुद्धिनको कार्यकर्तासँग आग्रह :- ‘मेयरमा राजेशमानलाई भोट हालौं’
आबिद हुसेन
बैशाख २५, २०७९ सोमबार ४:८:५५
२५ बैशाख, वीरगञ्ज । महमद सहाबुद्धिन लामो समयदेखि नेपाली कांग्रेसमा सक्रियपूर्वक लागिरहेका व्यक्ति हुन् । पार्टी र समाजका लागि उनले महत्वपूर्ण योगदान दिएका छन् । युवा एवम् नयाँ पुस्तादेखि पूराना पुस्तासम्ममा पनि उनी लोकप्रिय मानिन्छन् ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापतिसमेत रहेका सहाबुद्धिन जिपि फाउण्डेशन पर्साका पनि अध्यक्ष हुन् । वीरगञ्ज महानगर समितिको पूर्व नगर सभापति समेत भइसकेका सहाबुद्धिनले राजनीतिमा इमान्दारिता हुनुपर्ने आवश्यक्ता औँल्याएका छन् ।
इमान्दारिताबिनाको राजनीति स्वार्थ र व्यक्तिवादमा केन्द्रित हुने बताउँदै सहाबुद्धिनले इमान्दारितापूर्वक गठबन्धनको निर्णयको पालना गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा आयोजित नेपाली कांग्रेसको रात्रि सभालाई सम्बोधन गर्दै सहाबुद्धिनले वीरगञ्ज महानगरपालिकाको गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसले गठबन्धनलाई मत नहाल्ने सुनियोजित हल्ला चलिरहेको समयमा उक्त हल्लालाई गलत साबित गरेर देखाउन र नेपाली कांग्रेस राजनीतिमा इमान्दार छ भनेर प्रमाणित गर्न पनि गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरका साझा उम्मेदवार राजेशमान सिंहलाई छाता छापमा र उपमेयरमा इम्तियाज आलमलाई रुख छापमा मतदान गर्नुपर्ने उनको भनाई छ ।
जिपी फाउण्डेशन पर्साको अध्यक्षसमेत रहेका सहाबुद्धिनले प्रतिगमनलाई परास्त गर्नका लागि गरिएको गठबन्धनअनुसार सबै नेपाली कांग्रेसका नेता कार्यकर्ता एवम् अन्य शुभेच्छुकलाई मेयरमा छाता छापमा र उपमेयरमा रुख छापमा मतदान गर्न आग्रह गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार