बिन्दवासिनी गाउँपालिका अध्यक्षका उम्मेदवार चौरसियाको घोषणा पत्र सार्वजनिक
आबिद हुसेन
बैशाख २५, २०७९ सोमबार ४:१२:४६
२५ बैशाख, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मधुसुदन चौरसियाले घोषणा पत्र सार्वजनिक गरेका छन् । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ र ४ मा बृहत घरदैलो सम्पन्न गरेपछि वडा नम्बर ५ मा पुगेर एक कार्यक्रमका बिच घोषणा पत्र सार्वजनिक गरिएको हो ।
नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्षसमेत रहेका चौरसियाले सार्वजनिक गरेको घोषणा पत्रमा गाउँपालिकामा सुशासन स्थापना गर्नुका साथै हरेक कामलाई डिजिटलाईज्ड गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाबासीलाई सहज र सरल सेवा सुविधा दिलाउनेदेखि पानी एवम् बिजुलीको न्युनतम शूल्क गाउँपालिकाले बेहार्ने कुरा उल्लेख गरिएको छ । गाउँपालिकाको शिक्षा, स्वास्थ्यदेखि कृषि, भौतिक पूर्वाधार निर्माण, युवा, रोजगारी लगायतका कुरालाई प्राथमिकता दिइएको छ ।
करकोे दर घटाएर दायरा बढाउने, गाउँपालिकालाई भ्रष्टाचाररहित बनाउने, सेवा सुविधालाई चुस्त दुरुस्त र सहज बनाउने, अनलाईन सेवाको बिस्तार गर्ने लगायतका योजनाहरुलाई घोषणा पत्रमा जोड दिइएको छ ।
घोषणा पत्रमा उल्लेखित योजनाहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने चौरसियाको प्रतिबद्धता छ । नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश खरेलले जोश र जाँगरसहित ठोस योजनासहित चुनावी मैदाना उत्रिएका युवालाई मकै छापमा मतदान गरेर बिजयी बनाउन गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।
घरदैलोसँगै घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाल सुशासन पार्टीका नेतादेखि गाउँपालिका उपाध्यक्षकी उम्मेदवार, ५ वटै वडाका वडाअध्यक्षदेखि सदस्यका उम्मेदवार लगायतको उपस्थिती रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार