रुकुममा कांग्रेस र माओवादीको झडप रोक्न अर्थमन्त्रीको सक्रियता
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १६:२७:२
२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।
कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।
माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।
अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ ।
शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । त्यसयता पनि चौरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार