अग्रगमन र प्रतिगमनबीचको लडाइँमा न्यायदिने अदालत भनेको जनता हुन्ः प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १७:९:३
२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ भएको भन्दै यो लडाइँमा न्यायदिने अदालत भनेकै जनता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबिरुद्ध लड्न अग्रगमनकारी शक्तिहरुले गठबन्धन बनाउनु परेको बताएका छन् ।
सोमबार एक सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनलाई आफूहरूले अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएको बताएका छन् । प्रतिगामी तत्वले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध षड्यन्त्र गरिरहेकाले यो निर्वाचनमा जनताले उसलाई पराजित गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्,‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकारसम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौँ ।’
उनले आसन्न स्थानीय तह निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । आफूहरूले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको उनले उल्लेख गरेका छन् ।
‘स्थानीय तहलाई अधिकारसम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रोसामु छ,’ उनले भनेका छन् ।
आफूहरूलाई यथास्थितिमै रुमल्लिन रहर र छुट दुवै नभएको पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न सक्दैनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार