ओलीको पालामा देश ऋणमय थियोे, अहिले अनुदानमय भएको छ: नेपाली कांग्रेस
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १८:२६:१९
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले ओलीको पालामा ऋणमय बनेको देश अहिले अनुदानमय हुँदै गएको बताए ।
एनले भने, ‘ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो भने अनुत्पादक क्षेत्रमा । १९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाड्नुभयो । त्यसले स्वरोजगार सिर्जना ग¥यो न रोजगार ।’
ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उनको आरोप छ । ‘ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे,’ महतले भने, ‘घ्यू खाएपनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’
ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाइ छ । ‘ओली जी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो । ऋणमाथि ऋण लिने । त्यसमा ठूलो कमिसनको खेल,’ उनले भने, ‘हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भनेपनि धेरै उत्पादनशिल क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । सून्य ब्याजदर, ०.५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियतदरको ऋण दिन्छ, त्यस्तो लिने ।’
वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्रै लिने गरेको उनको भनाइ छ । ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, अनि त्यहाँको लागत बढाइराख्ने, त्यसवाफत कमिसन खाइराख्ने, अनि कहिल्यै तिर्न नसक्ने गरी श्रीलंकाको बाटोमा पु¥याउने दुस्चक्र थियो,’ उनले भने ।
अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उनको भनाइ छ । ‘झण्डै ६० अर्ब हामीले एमसीसी अन्तर्गत अनुदान पाएका छौं । तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको छ । जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको छ । यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको छैन् ,’ महतले भने ।
भारत, चीन लगायतका अन्य देशबाट पनि अनुदान सहयोगथ आइरहेको उनको भनाइ छ । ‘भारतमा पनि प्रधानमन्त्रीद्वयको भेट भयो । त्यसपछि भारत सकारले पनि सहयोगको हात उदारताका साथ अनुदानलाई बढाउने भएको छ,‘ महतले भने, ‘चिनियाँ विदेशमन्त्री नेपाल आउनुभयो । उहाँले पनि अनुदान सहयोग गर्ने कुरा अघि बढाउनु भएको छ । नेपाली कांग्रेसको सरकार बनेपछि अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बढेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार