सशस्त्र प्रहरीको कुरिनटारमा गोताखोर तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:१:४०
२६ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् । तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने प्राधिकरणले जनाएको छ । गोताखोर तालिम विपद् व्यवस्थापनको क्षेत्रमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताइएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना जना मृतकको शव रिकभर गरेको जानकारी दिए ।
विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको समेत उनले जनाए । उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपालको सहयोगमा बंगलादेशमा सञ्चालन भएको गोताखोर तालिममा पहिलो पटक २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम लिएका थिए ।
त्यसपछि उनीहरु देशका विभिन्न स्थानमा हुने विपद् उद्धारका घटनाहरुमा परिचालित भई उद्धार कार्य गर्दै आएका छन् । नेपालमा पहिलो पटक २०७६ असोज ९ गतेदेखि कात्तिक २६ गतेसम्म गोताखोर तालिम संचालन गरिएको थियो । उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएका थिए ।
तत्पश्चात देशका ६ स्थानमा ३७ जना गोताखोर (सशस्त्र प्रहरी कर्मचारी) परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार