सेवा सुविधा नलिने उम्मेदवारको घोषणा
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:२७:३२
२६ वैशाख, कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा दिइने सेवा सुविधा नखाने घोषणा गरी केही दलका उम्मेदवारले चुनावमा उम्मेदवार दिएका छन् । सेवा सुविधा नलिने घोषणा गर्नेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवार छन् ।
भीमदत्त नगरपालिकामा कांग्रेसका तीन वडाध्यक्षका उम्मेदवारले सेवा सुविधा नलिने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम बाहिर बेलडाँडी गाउँपालिकामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार दीपेन्द्र धामीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सेवा सुविधाबापत पाउने रकम विपन्न परिवारका लागि खर्च गर्ने घोषणा गरेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशेफ कुँवर, भूपेन्द्र रावल र प्रकाश थापाले सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
उनीहरुमध्ये भीनपा–१ मा अघिल्लो निर्वाचतमा निर्वाचित कुँवर फेरि दोहोरिएका छन् । रावल र थापा पहिलोपटक चुनावी मैदानमा छन् । अघिल्लो कार्यकालमा निर्वाचित कुँवरले आफूले पाउने सेवा सुविधा ज्येष्ठ नागरिकलाई वितरण गर्नुभएको थियो । भीनपा–१२ मा रावलले सेवा सुविधाबाट कोष खडा गरी विपन्न, दलित, विद्यार्थीको स्कुल ड्रेस, सुत्केरी महिला तथा एकल वृद्धवृद्धामा खर्च गर्ने घोषणा गरेका छन् सेवा सुविधा नलिनेमा नेकपा (माओवादी केन्द्र)बाट भीनपा–३ का अध्यक्षका उम्मेदवार उपेन्द्रबहादुर कुँवर पनि छन् । माओवादीको प्रदेश सल्लाहकार कमिटी सदस्य उहाँले सेवा सुविधाबापत पाउने रकमबाट कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानमा खर्च गर्ने घोषण गरेका छन् । शुक्लाफाँटा नगरपालिका–३ बाट एमालेबाट उम्मेदवार बनेका कपेन्द्र बमले समेत थारु मतदाता आकर्षित गर्नका लागि नगरपालिकाबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार