कम लगानीका व्यवसायबाट राम्रो आम्दानी
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:४४:२५
२६ वैशाख , कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै अाएका छन । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरे ।
सार्की परिवारका पुख्र्यौली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेको बताए । साइकलका पाटपूर्जासँगै पञ्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर टयुबलगायत राख्ने कार्य उनले गर्न गरेको बताए । यस कार्यबाट सार्कीले रु १५ हजारदेखि रु २० हजारसम्म कमाइ गर्न गरेको जनाइन् ।
दातृ निकायले अनुदानमा हावा भर्ने कम्प्रेसर मेसिन उपलव्ध गराएपछि साइकलसँगै उनले मोटरसाइकलको पञ्चरसमेत जोडने कार्य गर्न गरेको बताए । “मेसिन उपलब्ध भएपछि आम्दानी बढेको छ”, उनले भने, “छ जनाको परिवारको खर्च यसबाटै चल्न थालेको छ ।” पहिला पसलमा थोरै मात्र सामान हुँदा थोरै आम्दानी हुन्थ्यो । मुस्किलले महिनाको रु आठ हजार आम्दानी थियो ।” कमाइबाट रकम बचत हुँदै जान थालेपछि पसलमा सामान थपिएपछि आम्दानी बढ्दै गएको बताइन् । रु २० हजारबाट सञ्चालन गरेको पसलमा हाल रु दुई लाख जति लगानी गरिएको उनको भनाइ रहेको छ ।
साइकल पसल चलाउनु अघि सार्कीले अरुको खेत अधिँयामा लगाएर परिवारका लागि अन्नको जोहो मिलाउँदै अाएका थियो । पसल चल्न थालेपछि यसबाटै घरखर्च चल्न थालेको छ । “थोरै पूँजीको काम गरेपनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ”, उनले भने, “अरुको भन्दा आफ्नै काम गरे सहज रुपमा जीविका चलाउन सकिँदो रहेछ ।”
हरेन्द्र जस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गदैै आएका कसरौलका मन्दिर सार्कीले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी गर्दै आएको बताए । उनले नयाँ जुत्ता बनाउने, पुराना जुत्ता चप्पल सिउने लगायतका कार्य गरी आम्दानी गर्दै आएको बताए। “छोराले नयाँ जुत्ता बनाउने काम गर्छन्” उनले भने, “मैले पुराना जुत्ता सिउने र मर्मत गर्ने काम गर्दछु । यसबाटै परिवारको खर्च चल्छ ।” सार्कीले पाँच छोरी र तीन छोराको विवाहको खर्च यसै व्यवसायबाट धानेको समेत भने ।
“घरबासका लागि मात्रै जग्गा छ”,भने, “माइलो छोराले मसँगै छाला जुत्ताको काम गर्छ । दुई छोरा भारतमा काम गर्ने भएकाले परिवारको खर्च चलाउन सहज भएको छ ।” स्थानीय तहमा पाँच वर्षमा निर्वाचित हुने जनप्रतिनिधिले हालसम्म गरी खाने वर्गका व्यक्तिका लागि कुनै पनि योजना नल्याएकोमा उनीले असन्तुष्टि व्यक्त गरे् ।
“अहिले चुनावका लागि उम्मेदवारले प्रचारप्रसारको काम गरिरहेका छन्”, उनले भने, “हाम्रा दुःखलाई सम्झेर उत्थानका योजना ल्याई काम गर्ने भए मत माग्न आउनोस् । नभए मतनै नमाग्नोस् भनेको छु । सबैले काम गर्ने प्रतिबद्धता गरेका छन । पत्यार लाग्नेलाई मात्रै मतदान गर्छौ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार