ओझेलमा स्वतन्त्र उम्मेद्धारहरु
यज्ञप्रसाद भट्टराई
बैशाख २६, २०७९ सोमबार २२:१६:२७
♦ यज्ञप्रसाद भट्टराई
२६ बैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको अन्तिम चरणको मत माग्ने अभियानमा राजनीतिक दलहरु सक्रिय रुपमा लागि परेका छन् । देशैभरी एकै दिन यही आउँदो बैशाख ३० गते शुक्रबार स्थानीय सरकार निर्माणका लागि निर्वाचन हुन लागेको हो ।
लामो समय पछि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जस्तो जनसहभागिता र जनउत्साह यस पटकको स्थानीय निर्वाचनमा नदेखिएता पनि पार्टीका नेता तथा कार्यकर्ताहरुको अभूतपूर्व सहभागिताले लोकतान्त्रिक पद्धति र आवधिक निर्वाचनप्रति नेपाली जनताको विश्वसमा भने कमी नआएको प्रष्टै रुपमा देख्न सकिन्छ ।
बिभिन्न राजनैतिक दलहरु एक्लाएक्लै र केही दलहरु आपसी रुपमा गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएका छन् । यस पटकको स्थानीय निर्वाचनमा एक्लाएक्लै निर्वाचनमा भाग लिइरहेका दलहरुले केहि सपनाहरुका पोका बाँडने बाहेक समीकरणमा रहेका दलहरुले भने आफ्नो घोषणापत्रमा मुलुक बनाउने भन्दा पनि गठबन्धन जोगाउने र प्रतिगमन सच्याउने कामका लागि मत मागिरहेका देखिन्छन् ।
सिंगो रुपमा शक्तिसाली देखिएको नेकपा एमालेलाई पराजित गर्न मात्रै एकल सपना बोकेर हिडेको गठबन्धनको गाँठो भने बिभिन्न महानगरपालिका, नगरपालिका र गाउँ पालिकासम्म आईपुग्दा धेरै ठाउँमा खुस्किएको देखिन्छ ।
विपरित ध्रुवहरु एक आपसमा एकाकार हुँदा त्यसबाट उत्पन्न हुने बिकिरणहरुले बिभिन्न स्थानको सत्ता समीकरणलाई असर समेत गरेको देखिन्छ । जसका लागि राज्य शक्तिकैै दुरुपयोग गरी स्वयं प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री र राजनैतिक दलहका वरिष्ठ नेताहरु समेत खटनु परिरहेको अवस्था छ । जे र जसरी भए पनि सत्ता समिकरणमा रहेका दलहरुको शाख जोगाउन पनि स्थानीय स्तरमा स्थानीय स्तरमा भएका गठबन्धनका उम्मेद्धारहरुलाई जिताउनै पर्ने वातावरण देखिन्छ ।
राजनैतिक दलहरुका प्रचार प्रसार र तडकभडकका समाचार देखि बक्तब्यबाजीका दोहोरीहरुले सञ्चार माध्यमहरुमा स्थान पाइरहँदा राजनैतिक दलहरुको वर्तमानको दवदवा खप्न नसकेर भनौ या वर्तमानका राजनैतिक दलहरुको दलगत स्वार्थले आफ्नो दलभन्दा माथि आम नागरिहरुको पक्षमा काम गर्न नसकेको बिगतको तितो यथार्थतालाई बुझेर, स्थानीय सरकारको नेतृत्व तहमा स्वतन्त्र नागरिकहरुको पनि उपस्थिति आवश्यक छ ।
आम नेपाली नागरिकहरुको भावनालाई समेत कदर र आत्मसात गर्दै धेरै स्थानमा स्वतन्त्र रुपमा उम्मेद्धारी दिनेहरुको बिषयमा भने सञ्चार माधयमहरुले भने त्यति धेरै महत्व पाईरहेको देखिदैन । दलका उम्मेदवारहरुको समेत खुलेर समाचार लेख्ने छापा समाचार देखि श्रब्यदृष्य सामाग्री सहितका समाचार सम्प्रषण गर्ने सञ्चार माध्यमहरुमा स्वतन्त्र उम्मेद्धवारहरु भने छायाँमा परेको देखिन्छ ।
अहिले देशैभरी उठेका स्वतन्त्र उम्मेदवारहरु मध्ये चितवनको भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल भने देशैभरी चर्चाको शिखरमा रहेका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेनुु दाहाललाई गठबन्धनले पुनः भरतपुर महानगरपालिकाको मेयर पदमा दोहोर्याएपछि चितवन कांग्रेसमा असन्तुष्टि चुलिएको छ । यसैको परिणाम जगन्नाथ पौडेललाई भरतपुर महानगरपालिकाको स्वतन्त्र मेयस पदमा उम्मेदवारी खडा गरेको छ । चितवनबाट प्राप्त जानकारीका अनुसार भरतपुरमा रेनुु दाहालभन्दा जगन्नाथ पौडेल अगाडि रहेको बताइन्छ ।
पोखरा, बिराटनगर, नेपालगञ्ज, बिरगञ्ज लगायत मेचीनगर, बिर्तामोड, दमक लगायतका महानगर पालिका, नगर पालिकाहरुमा मात्र हैन बिभिन्न गाउँ पालिकाहरु र वडास्तरसम्म पनि स्वतन्त्र रुपमा उठेका उम्मेद्धवारहरु सबै नगर तथा गाउँको बिकाशमा सहभागी हुन तम्तयार रहेका युवाहरुलाई समेत सञ्चार माध्यमहरुले स्थान दिनु पर्ने स्वतन्त्र उम्मेद्धवारहरु बताउछन् ।
सञ्चार माध्यमले निष्पक्ष भएर निर्वाचनमा खडा भएका स्वतन्त्र उम्मेद्धवारहरुका योजना तथा कार्यक्रमहरुलाई स्थान दिने हो भने यसले आम नागरिकहरुमा स्वतन्त्र उम्मेद्धवारहरु प्रति सकारात्मक धारणा बनाउन सहज हुने कुरामा सकारात्मक भएर सोचि दिन पनि स्वतन्त्र रुपमा निर्वाचनमा खडा भएका उम्मेद्धवारहरुको भनाई रहेकधो देखिन्छ ।
दलहरुको बृक्षका फेदमा स्वतन्त्र उम्मेद्धवारहरु छायाँमा पर्नु हुदैन भन्ने कुरालाई हामीले सजगताका साथ हेर्नु आवश्यक छ । हिजो दलको सदस्य हुँदा त्यहि ब्यक्ति प्यारो, आज दलभन्दा माथि उठेर स्वतन्त्र रुपमा जनताका समस्यामा साथ दिन्छु भन्दा त्यहि ब्यक्ति खराब हुन्छ भन्ने मान्यताले दल भन्दा बाहिर रहेका योग्य र ईमान्दार उम्मेद्धवारहरु पाखा पर्न सक्छन् ।
नागरिकहरुका हक अधिकार सुनिश्चित गराउन दलसँगै स्वतन्त्र उम्मेद्धवारहरुलाई समेत समान सहभागिता हुने कुरा नेपालको संविधान, त्यसबाट बनेका कानूनले समेत आत्मसात गरेको हुनाले राजनैतिक दलहरु सँगै स्वतन्त्र रुपमा जनताको पक्षमा मत मागिरहेका भोलिका नगर तथा गाउँका नेतृत्वकर्ताहरुलाई समेत उत्तिकै महत्व दिनु पर्ने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार