लगनशील अध्ययनले सफलता
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २२:४०:७
२६ बैशाख ,मोरङ । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र, पारामेडिकल र इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्तिको अवसर पाएको सो विद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रासहित १०, पारामेडिकलतर्फ एक छात्रासहित आठ र इञ्जिनीयरिङ क्याम्पस पुल्चोकमा आठ छात्र छन् ।
विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्यार्थी प्रज्वलराज माझीले शिक्षकको सही मार्गदर्शन र लगनशील भई अध्ययन गरेका कारण सफलता हासिल गर्न सफल भएको बताए ।
सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रीता थापा स्मृति’ पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी नीरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो । विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकायतर्फ एक हजार ६००, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ १०० छात्रछात्राले अध्ययन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार